कान्छो खवर । बिहिबार, साउन ३१, २०८१
गाईघाट ३१ साउन ।
अदालतबाट कैद जरिवानाको फैसला भौ फरार रहेका एक प्रतिवादी पक्राउ परेका छ्न ।जिल्ला अदालत उदयपुरले बन मुद्दामा २० दिन कैद र ३ हजार रुपैया जरिवानाको फैसला गरेकोमा फरार रहेका त्रियुगा नगरपालिका १३ का बर्ष ३४ का मनोज चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनकोलागि प्रहरीले अदालत मार्फत बिहीबार जेल चलान गरेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्