कान्छो खवर । मंगलबार, साउन २९, २०८१
गाईघाट २९ साउन ।
बलात्कार मुद्दामा दोषी ठहर भै फरार रहेका एक प्रतिवादी ९ बर्ष पछी पक्राउ परेका छ्न । सुस्त मनस्थितिकी १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले १३ बर्ष कैदको फैसला गरेको खोटाङ साकेला गाउपालिका २ रतन्छाका बर्ष ३६का नरदेश राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो उनि घर मै लुकेर बसेको बेला पक्राउ परेका हुन ।
अदालतले सोमबार राईलाई कैद भुक्तानको लागि खोटाङ कारागार पठाएको प्रहरीले जनाएको छ। २०७२ माघ १८ गते राति १२ बजेको समयमा राईले ती बालिकालाई सुतेको बेला बलात्कार गरेका थिए ।बलात्कार पछि राई फरार थिए ।
राई विरुद्ध बलात्कार मुद्दा चल्दै गर्दा २०७९ चैत ३० गते अदालतले राईलाई दोषी ठहर गर्दै १३ बर्ष कैद सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्