३१ भाद्र २०८१, सोमबार

फरार दुई प्रतिवादी पक्राउ

कान्छो खवर । आइतबार, साउन २७, २०८१

गाईघाट २७ साउन ।

अदालतबाट जरिवानाको फैसला भै फरार रहेका दुई फरार प्रतिवादी पक्राउ परेका छ्न ।लागूऔषध र सवारी ज्यान मुद्दामा जरिवाना भएका उनिहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले २०७३ असार २९ गते लागूऔषध मुद्दामा २ हजार रुपैया जरिवानाको फैसला गरेको त्रियुगा नगरपालिका ३ का बर्ष २५ का प्यारे भन्ने सरोज घिमिरे र सवारी ज्यानसम्बन्धी मुद्दामा २०७५ जेष्ठ १३ गतेको फैसलामा २ हजार रुपैयाँँ फैसला गरेको त्रिनपा ३ का बर्ष ४३का गोबिन्द खत्री पक्राउ परेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा उनिहरुलाई पठाइएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्