३१ भाद्र २०८१, सोमबार

अटो दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु

कान्छो खवर । सोमबार, साउन २१, २०८१

गाईघाट २१ साउन ।

अटो दुर्घटनामापरी गम्भीर घाइते भएकी १३ बर्षिया बालिकाको उपचारको क्रममा सोमबार बिहान बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।

आइतबार दिउसो मदन भण्डारी राजमार्ग अन्तरगत चौदण्डिगढी नगरपालिका ८ सिध्दिपुर बेसारेमा भएको दुर्घटनामा अटोमा सवार खोटाङ बराह पोखरी ५ की बर्ष १३ की सहारा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोशी पारीबाट अटो चढेर बेल्टार तर्फ आउदै गरेकी मगर चालकले रोकि राखेको अटो आफै गुडेर पल्टिँदा दुर्घटनामा परेकी थिइन ।अफ्ठेरो बाटो देखे पछि चालक हरिबहादुर राई अटो बाट तल झरेर बाटो हेर्दै गर्दा गाडी दुर्घटनामा परेको चालक राईको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ।

३५ बर्षिय चालक राईलाई पक्राउ गरि घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्