०४ माघ २०८१, शुक्रबार

खोटाङमा ट्राफिक नियम उलंघन गर्नेहरुबाट ५० लाख बढी राजस्व संकलन

कान्छो खवर । आइतबार, साउन १३, २०८१

गाईघाट १३ साउन ।

खोटाङमा ट्राफिक नियम उलंघन गर्नेहरुबाट ५० लाख बढी राजस्व उठेको छ।आर्थिक बर्ष २०८०/०८१ मा ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्ने सवारी साधनबाट जरिवाना बापतको ५० लाख ३२ हजार रुपैया राजस्व संकलन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले सो अबधिमा ६ हजार ७ सय २९ वटा सवारी साधनलाई सवारी नियम उलंघन गरेकोमा कार्बाहि गरिएको बताए ।

ट्राफिक नियम उलंघन गर्ने टिफर, बस , ट्रक ,ट्याक्टर , जिप , कार ,अटो र मोटरसाइकलबाट जरिवाना असुल गरिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्