२४ चैत्र २०८२, मंगलबार

२४ चैत्र २०८२, मंगलबार

यारीखोलाले बगाएर एक वृद्धाको मृत्यु

कान्छो खवर । बुधबार, साउन ०२, २०८१

गाईघाट २ साउन ।

रुपाटारस्थित यारीखोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ। सामाजिक सुरक्षाभत्ता लिन ताप्लि गाउपालिकामा रहेको बैंक आउदै गर्दा बाटोमा पर्ने यारी खोला तर्ने क्रममा सोमबार बिहान ताप्लि १ मादलेकी बर्ष ७१ की पुर्णमाया राईको बगाएर मृत्यु भएको हो ।

सोही गाप ५ मा पर्ने नदिले बगाएर लगेकोमा उनको शब वडा नम्बर ५ मा मंगलबार फेला परेको प्रहरीले जनाएको छ। सामाजिक सुरक्षाको भत्ता केही दिन अघि मात्र बैंकमा आएको थाहा पाएर मृतक भत्ता लिन बिहान घर बाट गाउपालिका तर्फ आउदै गर्दा बीच बाटोमा पर्ने नदि तर्ने क्रममा उनलाई बाढीले बगाएको वडाअध्यक्ष उद्घब हमालले बताए ।

नदि तरेको ठाउ देखि केहि मास्तिर झोलुङ्गे पूल भए पनि उनी छिटो गरी पुग्नकोलागि नदि तरेर जादै गरेको खुल्न आएको ठकुरीले बताए ।

ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले शबको कटारी अस्पतालमा पोस्टमार्टम पछी आफन्तलाई शब जिम्मा लगाइएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्