२० कार्तिक २०८१, मंगलबार

कटारी नगरपालिकाले एसइई अनुत्तीर्ण सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाइ दिने

कान्छो खवर । बिहिबार, आषाढ २८, २०८१

गाईघाट २७ असार ।

कटारी नगरपालिकाले यो बर्षको एसइई परीक्षामा असफल हुने बिध्यार्थीहरुको लागि निशुल्क तयारी कक्षा संचालनको तयारी शुरु गरेको छ।

साउन पहिलो साता देखि शुरु गरिने उक्त ट्युसन कक्षाकोलागि नगरमा ७ केन्द्र तोकिएको छ। असारमा सार्बजनिक एसइईको परीक्षामा नगरभित्रका २० वटा सामुदायिक बिद्यालयका ७ सय ९६ जनाले परीक्षा दिएकोमा २ सय ४९ जना मात्र पास भएका थिए ।

धेरै बिध्यार्थीहरु फेल भएकोले अबको मौका परीक्षामा सबैले सफलता हासिल गर्न सकुन भनेर बिध्यार्थीहरुकोलागि निशुल ट्युसन कक्षाको ब्यबस्था गरीएको नगरप्रमुख राजेशचन्द श्रेष्ठले बताए ।

उनले सामुदायिक बिद्यालयका बिध्यार्थीहरुले बाहिर ट्युसन पढ्न धेरै शुल्क तिर्नु पर्दा समस्या हुने भएकोले नगरपालिकाले उनिहरकोलागि यस्तो सेवा सुरु गर्ने लागेको बताए । अबको मौका परीक्षामा सबै असफल बिध्यार्थीहरुले सफलता हासिल गर्न सकुन भन्ने उदेश्य समेत राखेर निशुल्क तयारी कक्षा सुरु गर्न लागिएको उनले बताए ।

नगरपालिकाले अङ्ग्रेजी , गणित र बिज्ञान बिषयमा तयारी कक्षा सुरु गरीने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्