०७ साउन २०८१, सोमबार

गिदेरी खोलाले बगाएको बुढाथोकीको शब फेला

कान्छो खवर । सोमबार, आषाढ २५, २०८१

गाईघाट २४ असार ।
गिदेरी खोलाले बगाएर बेपत्ता भएका बेलका नगरपालिका ३ रातापानीभासीका ५५ बर्षिय इन्द्रबहादुर बुढाथोकीको शब सोमबार बिहान फेला परेको छ ।

बेलका ३ शिबालय मन्दिर छेउको गिदेरी खोला पश्चिम् शिसौघारीमा बिहान ७ बजे स्थानिय बासिन्दाहरुले बुढाथोकीको शब बेवारिसे अबस्थामा फेला पारेका थिए । रामपुर बजार देखि घर तर्फ आउने क्रममा गिदेरी खोला तर्दै गर्दा बाढीले उनलाई सनिवार साझ ६.३० बजे बगाएको थियोे ।

उनको खोजीमा प्रहरी र स्थानिय बासिन्दाहरु परिचालन गरिएको थियोे । स्टकोट , ढाकाटोपी लगाएका बुढाथोकीको शब उतानो परेको अबस्थामा फेला परेको वडाअध्यक्ष प्रेम दाहालले बताए ।

ईलाका प्रहरी कार्यालय रामपुर मुद्दा फाटका हवलदार सोम पन्तले बुढाथोकी शब फेला परेको बताए ।अहिले घटना स्थलमा प्रहरी टोलि पुगेर शब उठाउने तयारी भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्