०७ साउन २०८१, सोमबार

उदयपुरको पर्यटन क्षेत्रको बिकासको लागि मन्त्री बुर्जामगरले बिशेष कार्यक्रम ल्याउने

कान्छो खवर । बुधबार, आषाढ २०, २०८१

गाईघाट १९ असार ।

पर्यटन क्षेत्रको बिकास र प्रबर्द्धनको लागि बुधबार गाईघाटमा होटेल ब्याबसायिहरु र सरोकारवालाहरु बीच अंतरकृया गरिएको छ ।

होटेल तथा पर्यटन ब्याबसायि संघ उदयपुरको आयोजना र कोसी प्रदेश पर्यटन , बन तथा बाताबरण मन्त्रालयको आर्थिक सहयोगमा होटेल टाउन हलमा आयोजित कार्यक्रममा बन तथा बाताबरण मन्त्री नारायण बुर्जा मगरको उपस्थितिमा उदयपुरको प्रमुख पर्यटकीय गन्तव्यहरुको पहिचान र बिकास , पुर्बाधार निर्माण , पर्यटन प्याकेजकोहरुको बिकास र प्रभावकारी प्रचार- प्रसारमा सहभागीहरुले जोड दिएका थिए ।

मन्त्री बुर्जामगरले उदयपुरको पर्यटन बिकासमा प्रदेश सरकारले बिशेष कार्यक्र ल्याउने तयारी गरेको बताए ।उनले जिल्लाको प्राकृतिक र सास्कृतिक सम्पदाको संरक्षण र प्रबर्द्धन गर्दै पर्यटन क्षेत्रको बिकासमा आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

अंतरकृयाबाट निस्किएको निष्कर्ष र सुझावहरुलाई समेटेर बिस्तृत प्रतिबेदन तयार गरि आगामी दिनमा त्यसैलाई आधार बनाउदै ठोस योजना र कार्यक्रम गरिने संघका अध्यक्ष डेबिट बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्