०७ साउन २०८१, सोमबार

त्रियुगा नगरपालिका पुर्णखोप सुनिश्चितता घोषणा

कान्छो खवर । बुधबार, आषाढ २०, २०८१

गाईघाट १९ असार ।
त्रियुगा नगरपालिकालाई पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा गरिएको छ। पालिका भित्रका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसके पछि बुधबार पुर्ण खोप सुनिस्चितता र दिगोपना घोषणा गरिएको हो ।

त्रियुगा नगरपालिका र जिल्ला स्वास्थ कार्यालय उदयपुरको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिका भित्र २ हजार १ सय बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेकोले नगरलाई पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला खोप सुपरभाइजर चिरिन्जिबी निरौलाले खोप कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।महिला स्वास्थ स्वयमसेबी , जनप्रतिनिधि , सन्चारकर्मि उपस्थित कार्यक्रम खोप सुनिस्चितता तथा दिगोपना घोषणाको लागि सबैले प्रतिबद्धता जनाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्