०७ साउन २०८१, सोमबार

बिहान देखि अबरुद्ध गाईघाट – दिक्तेल सडक सुचारु

कान्छो खवर । आइतबार, आषाढ १७, २०८१

गाईघाट १६ असार ।

पहिरोले अबरुद्ध गाईघाट – दिक्तेल सडकमा आइतबार दिउसो देखि यातायात सुचारु भएको छ।उक्त सडक खण्डको साउने दियालेमा आइतबार बिहान माथि देखि झरेको ढुङ्गा सहितको पहिरोले बिहान् देखि सडक अबरुद्ध भएको थियोे ।

गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटले बिहान लोडर सहित कामदार पठाएर पहिरो हटाए पछि दिउसो १२ बजे देखि यातायात सन्चालनमा आएको योजना कार्यालयका निमित्त प्रमुख नारायण कार्कीले बताए ।

पहिरोको कारण सडक अबरुद्ध हुदा गाईघाट बाट खोटाङ तर्फ हिडेको दर्जनौं सवारी साधनहरु बिहानै देखि बीच बाटैमा रोकिएको थियोे । यात्रीहरुलाई स्थानिय बासिन्दाहरुले खाजा र पानीको ब्यबस्था गरेका छ्न ।अहिले बाटो खुले संगै बीच बाटोमा रोकिएको सवारी साधनहरु गन्तव्य तर्फ लागेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्