०७ साउन २०८१, सोमबार

खोटाङमा छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

कान्छो खवर । आइतबार, आषाढ १७, २०८१

गाईघाट १६ असार ।

खोटाङमा छात्रालाई बलात्कार गरेर गर्भवती बनाएको अभियोगमा एक ५८ बर्षिय शिक्षक पक्राउ परेका छ्न । हलेसी तुवाचुङ नगरपालिका स्थित एक सामुदायिक बिध्यालयका शिक्षकलाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।

शिक्षकको बलात्कार बाट गर्भवती भएकी १६ बर्षिया ती बालिकाले अभिभाबक लाई घटनाको जानकारी गराए पछी आफन्तले प्रहरीमा शिक्षक विरुद्ध उजुरी दिएको आधारमा शिक्षकलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

घटनाको बिस्तृत विवरण प्रहरी उल्लेख गरेको छैन ।बालिकालाई जबर्जस्ति बलात्कार गरे नगरेको बारे अनुसन्धान भैरहेको उनले बताए ।अहिले हामी अनुसन्धान मै केन्द्रित रहेर बालीका सङ सोधपुछ गरीरहेका छौं , उनले भने ।

अदालत बाट आइतबार म्याद थप गरेर थप अनुसन्धान गरीरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्