०७ साउन २०८१, सोमबार

त्रियुगा माबिका विद्यार्थीहरु बीच साहित्यिक बहस तथा कविता बाचन

कान्छो खवर । शनिबार, आषाढ १६, २०८१

गाईघाट १५ असार ।

सधैं पठनपाठनमा ब्यस्त देखिने त्रियुगा माद्यामिक बिद्यालयका विद्यार्थीहरु शुक्रबार भने अलि केहि फरक बिषयमा जान्न निकै उत्साही देखिन्थे ।सधैं आफ्नै पाठ्यसामग्रीको अध्यनमा समय दिईरहने ऊनीहरुले हिजो भने साहित्यक बिषयमा भएको बहसमा आफुलाई लागेको जिज्ञाषा खुलेर राखेका थिए ।

नेपाली लेखक संघ उदयपुरले आयोजना गरेको त्रियुगा माध्यमिक बिद्यालय गाईघाटका बिध्यार्थिहरु बीच साहित्यिक बहस तथा कविता बाचन कार्यक्रममा ऊनीहरुको उत्साहपुर्बक सहभागिता देखिएको थियोे । बहसमा ऊनीहरुले नेपाली साहित्य सम्बन्धि प्रश्न गरेर जानकारी लिएका थिए ।आयोजकले उनिहरुलाई साहित्यको विविध पक्ष बारे जानकारी दिदै ऊनीहरुको जिज्ञाषा मेटाएका थिए ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको विद्यार्थीसंघको साहित्यिक बहस कार्यक्रम निकै प्रभाबकारी भएको संघका अध्यक्ष बासुदेब पोख्रेलले बताए ।हामीले सोचेको भन्दा कार्यक्रम निकै राम्रो भएको र बिध्यार्थिको सह भागिता मात्र हैन ऊनीहरुको साहित्यमा धेरै रुचि रहेको देखियो ।पोख्रेलले भने ।

साहित्य बहस कार्यक्रममा उदयपुर साहित्य परिषदका अध्यक्ष बीदुर खड्का , पुर्ब जिल्ला शिक्षा अधिकारी बृख बहादुर तामाङ , साहित्यकार महेन्द्र राई कबि हिरामान मोतेले विद्यार्थीहरुको प्रश्नको उत्तर दिएका थिए ।कार्यक्रममा साहित्यकारहरुले कविता समेत बाचन गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्