०७ साउन २०८१, सोमबार

साउनेमा चट्याङ लागेर दिदीबैनी घाइते

कान्छो खवर । बिहिबार, आषाढ १४, २०८१

गाईघाट १३ असार ।

त्रियुगा नगरपालिका १४ साउनेमा बिहिवार साझ चट्याङ लागेर दिदि बहिनी गम्भीर रूपमा घाइते भएकी छिन । साझपख बर्षा संगै परेको चट्याङ लागेर कक्षा ९ मा अध्यनरत १४ बर्षिया पुजा मगर र कक्षा १ मा पढ्ने ५ बर्षिया लिजा गम्भीर रूपमा घाइते भएको वडाअध्यक्ष हेम मगरले बताए ।

घाइते दुबै जना दिदीबैनीको अहिले बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको उनले बताए । दिदिलाई बारीमा काम गर्दै गर्दा र बहिनीलाई घर भित्रै चट्याङ लागेको उनले बताए ।

घाइतेहरु साउनेका रेसम बुर्जा मगरका नातिनीहरु रहेकोे मगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्