०७ साउन २०८१, सोमबार

रौतामाईको बजेट ५७ करोड ६ लाख ९७ हजार

कान्छो खवर । मंगलबार, आषाढ १२, २०८१

गाईघाट ११ असार ।

रौतामाई गाउपालिकाले आगामी बर्ष २०८१/०८२ को लागि ५७ करोड ६ लाख ९७ हजार रुपैयाको बजेट ल्याएको छ। सोमबार १५ औं गाउसभामा आगामी बर्षको लागि उपाध्यक्ष भुपेन्द्र थापाले बजेट प्रस्तुत गरेका हुन् ।

गाउपालिकाले गत बर्ष भन्दा दोब्बर बढी बजेट ल्याएको हो ।गत आर्थिक बर्ष २०७८/०८० मा २२ करोड ९५ लाख बजेट ल्याएकोमा आगामी बर्षको लागि आन्तरिक राजस्वमा समेत वृद्धि हुने प्रक्षेपण गरि बजेटको आकार बढाइएको छ। त्यसै गरि संघ र प्रदेश बाट प्राप्त हुने अनुदानमा समेत वृद्धि गरेर बजेट ल्याइएको छ।

गाउपालिकाका अध्यक्ष बीरेन्द्र मगरले गाउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।उनले आगामी बर्षको बजेटमा सडक पुर्बधार , शिक्षा र स्वास्थ क्षेत्रमा बढी रकम बिनीयोजित गरिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्