०७ साउन २०८१, सोमबार

वैदेशिक रोजगारी ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

कान्छो खवर । आइतबार, आषाढ १०, २०८१

गाईघाट ९ असार ।

वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार अभियुक्त पक्राउ परेका छ्न।प्रहरीले त्रियुगा नगरपालिका ८ राजाबासका बर्ष ५३का मीनबहादुर मगरलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले वैदेशिक रोजगारी ठगी मुद्दामा मगरलाई २०७४ फागुन २१ गते १ बर्ष ३ महिना २४ दिन कैद र ४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । मगर लामो समय देखि फरार थिए। प्रहरीले उनलाई घरमा लुकेर बसेको बेला पक्राउ गरेको जनाएको छ।

फैसला कार्यान्वयनको लागि दिउसो मगरलाई जिल्ला अदालत उदयपुरमा पठाइएको एसपि रमेश थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्