२५ आश्विन २०८३, आइतबार

२५ आश्विन २०८३, आइतबार

स्थानियले डिभिजन बनमा बुझाए सुनौलो कछुवा

कान्छो खवर । शुक्रबार, आषाढ ०८, २०८१

गाईघाट ७ असार ।
बेवारीसे अबस्थामा फेला परेको दुर्लभ सुनौलो कछुवालाई डिभिजन बन कार्यालय उदयपुरमा बुझाइएको छ ।स्थानिय केहि ब्यक्तिहरुले फेला पारेर नियन्त्रणमा लिएको उक्त सुनौलो कछुवालाई बिहीबार कर्मचारीहरुको जिम्मा लगाएको त्रियुगा नगरपालिका १० का बासिन्दा निर्माण ब्यबसायि सुभाष भट्टराईले बताए ।

डिभिजन बन अधिकृत डा. इन्द्र सापकोटाले उक्त कछुवा निकै दुर्लभ रहेको बताए ।सुनौलो रंगको कछुवा अब निकै कम मात्रामा पाइने उनले बताए ।यो कछुवा लोप हुने अबस्थामा पुगेको छ, यसलाई सरक्षण नगरे कुनै पनि बेला पृथ्वी बाट हराएर जाने सापकोटाले बताए ।

डिभिजन कार्यालयले कछुवाको बासिस्थानमा लगेर छोड्ने तयारी गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट