०२ फाल्गुण २०८१, शुक्रबार

१२ नम्बर वडाको सहयोग हजामहरुलाई

कान्छो खवर । शुक्रबार, आषाढ ०८, २०८१

सामाग्री वितरण गर्दै वडाअध्यक्ष थापा

गाईघाट ७ असार ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ ले नगर क्षेत्रमा रहेर सैलुन सन्चालन गरीरहेका १४ जना हजामहरुलाई कपाल काट्न प्रयोग गरीने सामाग्रीहरु वितरण गरेको छ ।

वडाकार्यालयमा बिहिवार आयोजित कार्याक्रममा कार्यबाहक अध्यक्ष अनिता थापाले ४० हजार बराबरको कैचि , काईयो , एप्रोन , सेभिङ्ग मेसिन लगायतका सामाग्रीहरु वितरण गरेकी हुन् ।उनले सो अबसरमा केहि गर्न खोज्नेहरुको लागि सामाग्री वितरणले केहि मद्दत पुग्न गएको बताईन ।अब आगामी बर्ष देखि वडाले रोजगारी सृजना गर्ने उदेश्य बाट अन्य क्षेत्रमा समेत सहयोग गर्न लागेको थापाले बताईन ।

थापाले नेपाल नाई संघका जिल्ला अध्यक्ष हिरालाल ठाकुरलाई समेत केहि सामाग्रीहरु उपलब्ध गराएको वडा सदस्य लक्ष्मी चौधरीले बताए ।अध्यक्ष ठाकुरले नगरपालिकाले पहिलो पटक हजामहरुको लागि सामाग्री वितरण गरेकोले आफुहरुले खुशी बनेको बताए । अहिले सम्म हामीहरुले केहि सहयोग पाएका थिएनौं , यो पटक वडाले सम्झिएर सहयोग गरेकोमा आभारी भएका छौ । ठाकुरले भने ।

यहाँ कमेन्ट गर्नुहोस्