०७ साउन २०८१, सोमबार

मध्य पहाडी लोकमार्गको खुर्कोट – घुर्मी सडक पहिरोले अबरुद्ध

कान्छो खवर । बुधबार, आषाढ ०६, २०८१

सडकको पहिरो हटाइदै

गाईघाट ५ असार ।

बर्षाको कारण माथि डाडा बाट झरेको पहिरोले मध्य पहाडि लोकमार्ग अन्तरगतको खुर्कोट- घुर्मी सडकखण्ड अवरोध भएको छ ।सडक खण्डको विभिन्न ठाउमा माथी बाट खसेको पहिरो र लेदोले बाटो पुरिए पछि बुधबार बिहान देखि सडक अबरुद्ध भएको हो ।

सिन्धुलिको गोलजोर गाउपालिका ६ हौवारबेसी नजीकको अकबरेभिर , कुडुले , सुम्म्रामबेसी लगायत एक दर्जन ठाउको सडक अबरुद्ध भएर बिहानै देखि सवारी साधन बीच सडक मै रोकिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्दराज काफ्लेले बताए ।

उनले अहिले खुर्कोट देखि पुर्ब तर्फको सडक पुरै अबरुद्ध भएको बताए ।बीच सडकमा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेकोले बाटो खुलाउने प्रयास भैरहेको बताए ।अहिले जेसीबिको सहायताले बाटोमा खसेको लेदो माटो हटाउने काम भैरहेको उनले बताए ।

गोलजोर १ कुडुलेमा दिउसो माथि बाट झरेको पहिरो र लेदोले प्र-२-०३-००१ ख ७१४४ नम्बरको ट्रक पुरिएको प्रहरीले जनाएको छ।ट्रकका चालक भने सकुशल रहेका छ्न ।

सडक अबरुद्धले काठमाडौ बाट खोटाङ , ओखलढुंगा , सोलुखुम्बु र भोजपुर आउने यात्रीहरु र सवारी साधन बीच बाटैमा अलपत्र परेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्