०४ आषाढ २०८१, सोमबार

सवारी दुर्घटनामा २ जनाको मृत्यु

कान्छो खवर । मंगलबार, जेठ २२, २०८१

साङ्केतिक फोटो

गाईघाट २२ जेष्ठ ।मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका १३ फुलजोरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

बिहान १० बजेको समयमा टिफर र मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका १ का बर्ष ३० का रबिन श्रेष्ठ र त्रिनपा ३ चापका हिरा राईको घटना स्थल मै मृत्यु भएको हो । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

जग्गा किन्न इग्राहामा बैना बापतको पैसा बुझाउन जादै गरेको श्रेष्ठ र राई चढेको मोटरसाइकल टिफर संग ठोकिएको थियोे । मृतक दुबै जनाको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्