०४ आषाढ २०८१, सोमबार

लागूऔषध सहित दुई युबाहरु पक्राउ

कान्छो खवर । शनिबार, जेठ १९, २०८१

गाईघाट १९ जेष्ठ ।

प्रहरीले लागूऔषध सहित दुई युबालाई पक्राउ गरेको छ। सप्तरी देखि गाईघाट आउदै गरेको बा.९७ प ९५१२ नम्बरको मोटरसाइकल चेकजाचको क्रममा लालपत्ता प्रहरी चौकिले शुक्रबार ४११ थान लागूऔषध सहित मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका ११ का बर्ष २८ का अमरबहादुर कार्की र वडा न.१२ पुरानो गाईघाटका बर्ष २१ का चन्द्रबहादुर कार्कीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

दुई युवाहरुले शरीरमा लुकाएर ल्याउदै गरेको बरामद लागूऔषधहरुमा १३७ थान डाइजेपाम ,१३८ थान बुर्फिनोर्फिन र १३६ थान फेनार्गन रहेको उनले बताए । पक्राउ गरिएको ऊनीहरुलाई जिल्ला अदालत उदयपुर बाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्