कान्छो खवर । बिहिबार, जेठ १७, २०८१
गाईघाट २७ जेष्ठ ।
विद्युतको पोलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारमा आर्थिक अभाव भए पछी रौतामाई गाउपालिकाका अध्यक्ष बीरेन्द्र मगरले बिहीबार पीडितका आफन्तलाई २० हजार रुपैया सहयोग गरेका छ्न।
रौतामाईमा पुर्ण बिधुतिकरण आयोजनाको काम भैरहेको बेला गत बर्ष बिजुलीको पोल झार्ने क्रममा रौतामाइ २ जागीरभित्ताकी सपना दाहाल की २ बर्षिया छोरी आकाङ्क्षालाई पोलले लागेर घाइते भएकी थिएन ।उनको अझै उपचार भैरहेको छ। बिराटनगर स्थित न्युरो अस्पतालमा ६/६ महिनामा उपचार गराउन लानु पर्ने भएकोले पीडित परिवारलाई अहिले खर्च अभावमा उपचारमा समस्या परेको छ। उपचारमा अहिले ३ लाख बढी खर्च भैसकेको सपनाले बताइन् ।
खर्च अभावमा उपचारमा समस्या भएको सुनेर आफुले सहयोग गरेको अध्यक्ष मगरले बताए । मैले गाउपालिका बाट पाउने सेवा सुबिधा बाट आर्थिक सहयोग गरेको हु , उनले बताए ।
पुर्ण बिधुतिकरण योजना अन्तरगत गत बर्ष देखि रौतामाईको सबै वडामा बिजुली पुर्याउने गरि काम भैरहेको अध्यक्ष मगरले बताए ।योजनाको लागि अहिले सम्म २० करोड खर्च भैसकेको छ भने अझै ५ करोड जति अपुग हुने मगरले बताए ।