१९ फाल्गुण २०८२, मंगलबार

१९ फाल्गुण २०८२, मंगलबार

गर्मिको कारण त्रियुगा र कटारी नगरपालिकाले भोलि देखि २ दिन बिद्यालय बिदा गर्ने

कान्छो खवर । बुधबार, जेठ १६, २०८१

गाईघाट १६ जेष्ठ ।

अत्याधिक गर्मीको कारण देखाउदै त्रियुगा र कटारी नगरपालिकाले नगरक्षेत्र का सबै सामुदायिक र सस्थागत बिद्यालय बिहिवार देखि दुई दिनको लागि बिदा गर्ने निर्णय गरेको छ।

बुधबार एक सूचना जारी गर्दै ति नगरपालिकाहरुले गर्मिले जनजीवन प्रभावित तुल्याएकोले सबै बिध्यालयहरुमा पठनपाठन बन्द गर्ने जनाएको छ। सामुदायिक र निजि बोर्डिङ स्कुल सबै बन्द गरेर बिदा गर्न सबै बिध्यालयलाई पत्रचार गरीएको त्रियुगा नगरपालिका वडा न ३ का वडाअध्यक्ष तीलक कटुवालले बताए । उनले अबस्था हेरी बिदा थप गर्न सकिने बताए ।

बर्षा नभए पछि बिगत केहि दिन देखि गाईघाट लगायत जिल्ला भरि अत्याधिक गर्मी बढेको छ। गर्मीले अहिले जनजीबन प्रभावित बन्दा सबै क्षेत्रमा त्यसको असर परेको छ। गाईघाटको आजको तापक्रम ३८ डिग्री सेलसियस रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्