०४ आषाढ २०८१, सोमबार

सगरमाथा आरोहणबाट फर्कने क्रममा दुई आरोही बेपत्ता

कान्छो खवर । बुधबार, जेठ ०९, २०८१

सोलुखुम्बु ९ जेष्ठ ।

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छ्न ।मंगलबार सगरमाथाको चुचुरोबाट फर्किने क्रममा एक नेपाली र एक बेलायती नागरिक बेपत्ता भएको पर्यटन मन्त्रालयका निर्देशक कालीबहादुर भुजेलले बताए । संखुवासभाको मकालु गाउपालिका २ का २१ बर्षिय पास तेन्जी शेर्पा र बेलायती नागरिक बर्ष ४०का काड्यानियल पल पिटरसन बेपत्ता भएका हुन ।

पर्यटन मन्त्रालयले उनिहरुले जेष्ठ ८ गते बिश्वको सर्बोच्च हिमशिखर सगरमाथाको सफल आरोहण गरेको जनाएको छ।बेपत्ता उनिहरुको खोजी गर्न ६ जना अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरीएको पर्यटन मन्त्रालयले जारी गरेको बीज्ञप्तिमा उल्लेख भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्