०४ आषाढ २०८१, सोमबार

सिद्धार्थ बैंक गाईघाट शाखाद्वारा ५० हजार बराबरको डस्टबिन हस्तान्तरण

कान्छो खवर । सोमबार, जेठ ०७, २०८१

गाईघाट ७ जेष्ठ ।

सिद्धार्थ बैंक गाईघाट शाखाले सोमबार विभिन्न संघ सस्थाहरुलाई झन्डै ५० हजार बराबरको डस्टबिन उपलब्ध गराएको छ। सस्थागत सामाजिक उतरदायित्व शीर्षक अन्तरगत बैंकले दिउसो एक कार्यक्रमको आयोजना गरि उक्त सामानहरु संघसस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको शाखा प्रमुख सुनिल पोखरेलले बताए ।

उनले त्रियुगा नगरपालिकाको १० नम्बर वडालाई २ थान, वडा न.११ लाई ५ थान,१२लाई २ थान, जनप्रेमी आधारभुत बिध्यालय पुरानो गाईघाटलाई २ थान, भगवती मन्दिर गाईघाटलाई २ थान, जिल्ला ब्याडमिन्टन संघ उदयपुरलाई १ थान र राधा माधब समितिलाई १ थान गरि १५ थान डस्टबिन वितरण गरिएको बताए ।

सामान हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख पोख्रेल,वडान ११ का अध्यक्ष सुमन्त कोइराला ,१२ न. अध्यक्ष अनिता थापा , संघसस्थाका प्रतिनिधि र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।शाखा प्रमुख पोख्रेलले बैंकले आगामी दिनहरुमा सामाजिक क्षेत्रमा अझ बढी सहयोग गर्दा लैजाने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्