०९ जेठ २०८१, बुधबार

उदयपुरका एक युवाले लबुचे हिमालको सफल आरोहण गरेका छ्न

कान्छो खवर । बिहिबार, जेठ ०३, २०८१

फोटो :ऋषि

गाईघाट ३ जेष्ठ ।

उदयपुरका एक युवाले बुधबार ६ हजार १ सय ९० मिटर अग्लो लबुचे हिमालको सफल आरोहण गरेका छ्न ।जिल्लाको बेलका नगरपालिका ७ मैनामैनि बस्ने ३४ बर्षिय जलन राईले हिमाल आरोहण गरेका हुन ।

खुम्बु क्षेत्रमा द माउन्टेन मेडिकल ईन्स्टिच्यु ल्याब कक्षमा २ बर्ष अघि देखि कार्यरत राई जिल्लामै हिमाल आरोहण गर्ने पहिलो ब्यक्तिको रूपमा चिनिएका छ्न । उनले यो सफलता बाट अब अरु हिमाल आरोहण गर्ने मनोबल बढेको बताए । अब म यसैलाई लक्ष्य लिएर अघि बढने र सफल आरोहि बनेर जिल्लाको नाम उच्च राख्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्