०९ जेठ २०८१, बुधबार

जङ्गलमा एक पुरुषको शब फेला

कान्छो खवर । मंगलबार, जेठ ०१, २०८१

गाईघाट ३१ बैशाख ।

सामुदायिक बनमा मंगलबार बेवारिसे अबस्थामा एक पुरुषको सडेको शब फेला परेको छ ।त्रियुगा नगरपालिका ६ जलजले स्थित राजदेबी सामुदायिक बनको रातमाटे डाडामा जङ्गल गएका स्थानिय गाउलेहरुले शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ५०/५५ बर्षको तराईमुलको ब्यक्ति जस्तो देखिने शब केहि जलेको अबस्थामा फेला परेको स्थानिय दिपक बान्तवा राईले बताए ।सेतो हाफ पेन्ट लगाएको शब संगै रातो कोठे गम्छि समेत रहेको उनले बताए ।
शबको प्रकृति हेर्दा कसैले हत्या गरेर फ्यालेको जस्तो देखिएको उनले बताए । तर शबको अहिलेसम्म पहिचान हुन सकेको छैन।शब लाई अहिले जिल्ला अस्पताल गाईघाटमा पोस्टमार्टमको लाई राखिएको छ ।प्रहरीले बेवारिसे अबस्थामा शब फेला परेको जनाएको छ साथै घटनाको अनुसन्धान भैरहेको समेत उल्लेख गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्