कान्छो खवर । शुक्रबार, बैशाख २८, २०८१

गाईघाट २८ बैशाख ।
उदयपुरको बेलकामा बिहिवार राति जंगली हात्तीले तीन वटा घर भत्काउनुको साथै खाद्यान्न समेत नस्ट गरेको छ। राति ९ बजेको समयमा आएको एउटा हात्तीले बेलका नगरपालिका ९ पुस्पान्जलि चोकका सन्त बहादुर माझी , बुद्ध बहादुर नेपाली सार्की र दले माझीको घर भत्काएको स्थानिय सनबीर राईले बताए ।।
उनले बुद्ध बहादुरको घरमा रहेको धान , चामल , कोदो र मकै हात्तीले नस्ट गरेको बताए ।अरु दुई जनाको घर हात्तीले भत्काएको भए पनि अरु धनमालमा कुनै क्षति नभएको राईले बताए ।तर सार्कीको भने धेरै क्षेति भएको बताए ।
रातिको उक्त घटना पछि शुक्रबार बेलकाका मेयर अशोक कार्की सहितको टोलिले हात्तीले घर भत्काएको पीडित कहा पुगेर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । उनले पीडितको घर निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गर्ने बचन दिएको पीडित सार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्