०९ जेठ २०८१, बुधबार

खोटाङमा रक क्लाईम्बिङ गर्ने क्रममा लडेर एकको मृत्यु

कान्छो खवर । शुक्रबार, बैशाख २८, २०८१

गाईघाट २८ बैशाख ।

खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा बिहिवार साझ लडेर एक जनाको मृत्यु भएको छ।दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको मझुवाभीर बाट साझ रक क्लाइम्बिङ गर्दै गरेका दिक्तेल हाटडाडाका ३५ बर्षिय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

राई करिब ३२ मिटर अग्लो मझुवाभीर देखि तल खसेका थिए ।ऊनी बेलुकी ६ बजे तिर खसेर गम्भीर घाइते भएकोमा जिल्ला अस्पतालमा उपचारको क्रममा उनको साझ ७ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए ।

नेपाल नेसनल माउन्टेन गाइडले उक्त रुड निर्माण गरेको थियोे ।रक क्लाईम्बिङको लागि पर्बतारोहण प्रशिक्षक संघले गत चैत २३ गते ६ दिने तालिमको आयोजना गरेको थियोे । मृतक राईले उक्त तालिममा भाग लिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्