२९ चैत्र २०८२, आइतबार

२९ चैत्र २०८२, आइतबार

ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु

कान्छो खवर । मंगलबार, बैशाख २५, २०८१

गाईघाट २५ बैशाख ।

आगो निभाउने क्रममा ओखलढुंगामा सोमबार दिउसो आमा- छोराको मृत्यु भएको छ ।सिद्धिचरण नगरपालिका १० बेतिनीस्थित बसाहा हरिबोले सामुदायिक बनमा लागेको डडेलो घरको बारीमा आएपछी आगो निभाउने क्रममा ५५ बर्षिया पुन्यमाया धमला र उनका १६ बर्षिय छोरा कन्चन धमलाको जलेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा पहिले आमा आगोमा परेको र आमालाई बचाउन छोरा जादा ऊनी पनि आगोमा परेको प्रहरी निरीक्षक बालिष्टार सिहले बताए ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

तीब्र रूपमा केहि दिन देखि चलिरहेको हावा बतासको कारण अहिले ओखलढुंगाको धेरै सामुदायिक बनमा डडेलो लागेको प्रहरीले जनाएको छ।जङ्गल नजिक बस्ती हुने ठाँउमा घर गोठ समेत डडेलो बाट जलेर लाखौं
रुपैया बराबरको क्षेति भैसकेको छ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट