०९ जेठ २०८१, बुधबार

भुल्के जङ्गलमा महिलाको शब फेला

कान्छो खवर । बिहिबार, बैशाख २०, २०८१

गाईघाट २० बैशाख ।

त्रियुगा नगरपालिका ३ भुल्के स्थित भुल्के सामुदायिक बनको मोवाखुन खोला नजीक बिहिवार बिहान एक महिलाको शब फेला परेको छ। उत्तानो परेर लडिरहेको अबस्थामा अन्दाजी ५५/६० बर्षको देखिने ति महिलाको अहिचान खुलेको छैन ।

स्थानिय रमेश निरौला बिहान बाख्रा चराउन जङ्गल गएको बेला महिलाको शब देखेर प्रहरीलाई खबर खबर गरेका थिए । स्यालले एउटा हात खाएको अबस्थामा शब देखेर प्रहरीलाई खबर गरेको उनले बताए ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोलि पुगेर अनुसन्धान सुरु गरेको छ। त्रियुगा नगरपालिका क्षेत्रमा केहि दिन अघि २ महिला हराइरहेका थिए । हराइरहेका मध्य एउटी दलित र अर्को मगर थर को भएको खुल्न आएको छ ।शबको हुलिया र लगाएको कपडा बाट दलित महिला नभएको आफन्त बाट जानकारी आएको छ । शब कतै मगर महिलाको हुन सक्ने अनुमान गरिएको छ ।तर प्रहरीले अनुसन्धान जारी गर्दै गरेकोले अहिले सम्म केहि खुलेको छैन ।

अहिले घटनास्थलमा शब पहिचानको लागि मगरको आफन्तललाई ल्याउने तयारी भैरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्