०९ जेठ २०८१, बुधबार

होक्सेमा एक घरमा आगलागी हुदा १० लाख बराबरको क्षेति

कान्छो खवर । आइतबार, बैशाख १६, २०८१

सान्केतिक फोटाे

गाईघाट १६ बैशाख ।

त्रियुगा नगरपालिका ७ होक्सेमा सनिवार साझ २ तल्ले पक्कि घरमा आगलागी हुदा झन्डै १० लाख रुपैया बराबरको क्षेति भएको छ। मतान घरमा खोले पकाउन चुल्होमा बालेको आगो अचानक घरमा सल्किदा होम बहादुर सिग्देलको ढुङ्गा सिमेन्टको गाह्रो भएको २ तल्ले घर जलेको प्रहरीले जनाएको छ ।

साझपख भएको आगलागी बाट घर सहित कुखुरा र बाख्राको खोर , लत्ताकपडा , धनमान खाद्यान्न , चिरान काठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानिय , प्रहरी र दमकलको मद्दत बाट १ घन्टा पछि आगो निभाइएको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

पछिल्लो एक साता यता डढेलो र बिधुत सर्ट भएर जिल्लामा १० वटा घरमा आगलागीको घटना भएको र लाखौं रुपैया बराबरको धनमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्