०८ जेठ २०८२, बुधबार

सिरहामा मनी ट्रान्सफर संचालक लुटिए

कान्छो खवर । आइतबार, चैत्र २५, २०८०

गाईघाट २५ चैत ।
सिरहामा आइतबार एक मनिट्रान्सफरका संचालकको रकम लुटिएको छ।सिरहा नगरपालिका बाट बिष्णुपुर गाउपालिकातर्फ जादै गरेका शिब मनी ट्रान्सफरका संचालक कुशेस्वर यादवको १५ लाख रुपैया लुटिएको प्रहरीले जनाएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाको लुटेरा समुहले यादवलाई रोकेर पेस्तोल देखाइ उनको साथमा रहेको नगद सबै खोसेर द क्षिण तर्फ भागेको प्रहरीले जनाएको छ । घटनाको जानकारी हुन साथ लूटेरा समुहको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्