०४ माघ २०८१, शुक्रबार

कटारीमा सडेगलेको अबस्थामा पुरुषको शब फेला

कान्छो खवर । आइतबार, चैत्र ११, २०८०

गाईघाट  ११  चैत ।

कटारी बजार नजिकैको कासघारीमा आइतबार बिहान सडेगलेको अबस्थामा एक पुरुषको शब फेला परेको छ ।कटारी  नगरपालिका ५ बजार नजीकको छाउरी नदिको पुल नजीकको कासघारी  भित्र पुरुषको शब फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

शबको सनाखत हुन सकेको छैन ।मृतकले लगाएको लुगाफाटो समेत च्यात्तिएर घुजाघुजा परेको अबस्थामा पाइएको छ । मृतकको हत्या भएको  आसन्का गरिएको छ ।शबको पोस्टमार्टम पछी मात्रा बिस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।शबलाई पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्