०७ साउन २०८१, सोमबार

आगलागी पीडित परिवारलाई रौतामाई गाउपालिका द्वारा राहत उपलब्ध

कान्छो खवर । आइतबार, चैत्र ०४, २०८०

उपाध्यक्ष रायमाझी पीडित परिवारलाई राहत वितरण गर्दै

गाईघाट   ४ चैत  ।भोर्लेनीको आगलागी पीडित परिवारलाई रौतामाई गाउपालिकाले राहत उपलब्ध गराएको छ ।गाउपालिकाका उपाध्यक्ष भुपेन्द्र रायमाझीले सनिवार पीडित परिवारलाई २ लाख बराबरको लत्ताकपडा , खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरेका थिए  ।

रौतामाईको वडा नम्बर  ३ भोर्लेनिमा शुक्रबार  डढेलोको कारण आगलागी हुदा झन्डै ४५ लाख ७० हजार रुपैया बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।बस्ती नजिकैको नबउदय सामुदायिक बनमा लागेको डढेलोको कारण आगो बस्तीमा फैलिदा ३ वटा घर  र ६ वटा गोठ जलेर नस्ट भएको थियोे  । जङ्गल लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणको प्रयासमा प्रहरी र स्थानिय बासिन्दाहरु जुटिरहेको  प्रहरी नायब उपरीक्षक  हरिनन्दन चौधरीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्