०७ साउन २०८१, सोमबार

दरबार हत्याकाण्ड बिदेशी षड्यन्त्र बाट भएको पुर्ब मन्त्री बस्नेतको भनाइ

कान्छो खवर । बिहिबार, फाल्गुण १०, २०८०

गाईघाट  १० फागुन  ।

रास्ट्रिय प्रजातन्त्र  पार्टीका नेता तथा पुर्ब मन्त्री हरि बहादुर बस्नेतले बिदेशी सषड्यन्त्र  बाट राजा वीरेन्द्रको हत्या भएको बताएका छ्न ।उनले राजा बीरेन्द्रले अघि सारेको शन्तिक्षेत्र प्रस्ताव  देखि नै उनको हत्याको तानाबुना  बन्न सुरु भएको बताए ।

पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले शान्ति क्षेत्रको प्रस्तावले राजा बीरेन्द्र ठुलो नेता बन्ने भयो भन्दै केहि बिदेश शक्ति रिसाएको  र मुलुकमा प्रजातन्त्र ल्याउन खुलेर सहयोग गरेको बताए ।

उनले राप्रपाले राजाको मायाले नभएर रास्ट्र र रास्ट्रियता बचाउनको लागी राजा चाहिने ठानेर संबैधानिक राजाको वकालत गरेको  बताए ।मुलुकमा भैरहेको घटनाक्रमले पनि अहिले राजाको अपरीहार्यता देखिन थालेको उनले  बताए ।

सबै जात जाती, धर्म  , लिंग बर्ग र भूगोल लाई एक सुत्रमा बाध्न सक्ने क्षमता  राजसस्थामा मात्र सम्भब भएकोले राप्रपाले सबै दलसंघ सहकार्य गरेर राजा सहितको प्रजातन्त्र चाहेको उनले बताए ।

उनले राप्रपा सुरु गरेको निर्णाय आन्दोलन शान्तिपुर्बक हुने र जनदबाब सृजना गरेर अधि बद्ने समेत बताए । काङ्ग्रेसले आफ्नो लक्ष्य छाडेको ले राप्रपाले  एउटा दरिलो प्रजातान्त्रिक शक्तिको रूपमा आफुलाइ अघि सार्न खोजेको उनले बताए

मुलुकको सबै भन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगको अवस्था नाजुक बन्दै गइरहेको अबस्थामा उद्योग बचाउन जिल्लाबासिले जनदबाब सृजना गर्नु पर्ने उनको धारणा थियोे । जिल्लामा भएको एउटै  मात्र उद्योग सिमेन्ट कारखाना अहिले बन्द हुने अबस्थामा पुगेको छ , बिगत देखि अहिले सम्म कारखाना के कारणले डुब्न् गएको र  तेसमा कोको सङ्लग्न थिए भन्नको लागि एउटा प्राबिधिक आयोग बनाएर छानबिन हुनुपर्ने उनले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्