३१ भाद्र २०८१, सोमबार

दरबार हत्याकाण्डमा पुर्ब राजालाई दलहरुले बदनाम गरे : अध्यक्ष लिङ्देन

कान्छो खवर । शुक्रबार, माघ २६, २०८०

गाईघाट २६ माघ ।

रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्रको सङलग्नता भएको  प्रमाण  पुर्याएर   उनि माथी कार्बाहि गर्न दलहरु लाई चुनौती दिएकाछ्न  ।

उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा  बोल्दै उनले बिना प्रमाण र आधारमा राजा लाई उक्त हत्या काण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए  ।

दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शिहरु अहिले पनि जीवितै छ्न उनिहरु सङ प्रमाण जुटाएर कार्बाहि गरे भै गयो नि ” उनले भने  बिना प्रमाण कसैलाई बदनाम गराउने उदेश्यले मनपनि बोल्न नहुने उनले बताए ।

उनले दरबार हत्या काण्ड पछि  काङ्ग्रेस  , एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर नया राजा बनाएको बताए  । आफै राजा बनाउने अनि आफै राजालाई हत्यारा भन्ने ? उनले  भने ।

उनले २०४६ सालको परिवर्तन पछि एउटै पात्र , र एउटै प्रवृत्तिबाट देश संचालन हुँदा देशमा बिकास हुन नसकेको  बताए । ” प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र जे भने पनि त्यहि पार्टी र त्यहि नेता बाट शासन चलेकोले मुलुकले प्रगति गर्न नसकेको उनले बताए ।

उनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा  तिन दशकमा मुलुक बन्न नसकेको   , भ्रष्टाचार र लूटत्रन्त्र हाबि भएको  बताए ।पहिले काहाकाहा भ्रष्टाचार हुन्छ भनेर  खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहाकहा छैन भनेर  खोज्नु परेको उनले  बताए ।

बिगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुख पाएको उनले बताए ।जहिले पनि काग्रेस एमाले  र माओबादिलाइ सत्तामा पुर्याएको कारण अहिले मुलुकको अबस्था नाजुक बन्दै गएको उनले बताए ।

अब बिगतको गल्तीलाइ सच्याउदै ठिक पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउने बेला  आएको उनले  बताए  ।अब राप्रपा बाहेक अरुलाइ नेतृत्व दिन नहुने उनले बताए ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्