३१ भाद्र २०८१, सोमबार

त्रियुगा नमूना माबिको ५७ औ वार्षिक उत्सब मनाइयो

५ लाखको अक्षय कोष स्थापना

कान्छो खवर । मंगलबार, माघ २३, २०८०

गाईघाट २३ माघ ।

त्रियुगा नमुना माध्यमिक बिधालय गाईघाटको मङगलबार आयोजित ५७ औ वार्षिक उत्सब तथा अभिभावक भेलाको अबसरमा जापान बस्ने रमेश कुमार र निजकी पत्नी मन्जु भण्डारीले ५ लाख रुपैयाको अक्षय कोषको स्थापना गरेकाछ्न ।

त्रियुगा माद्यामिक बिधालयमा प्राथमिक देखि माध्यमिक तह सम्म पठेका रमेश हाल जापानमा इन्जिनियर पेशामा आबद्ध छ्न । उनि त्रियुगा नगरपालिका १० बोक्से राटमाटेका स्थायि बासिन्दा हुन ।

उनले र श्रीमती मन्जुले पिता ससुरा स्व. पन्डित कृष्ण प्रसाद ,  सासु आमा पदम कुमारी र ठुली माता सासु  स्व पदम कुमारी भण्डारीको नाममा कृष्ण पदम गोमा भण्डारी पुरस्कारको लागी अक्षय कोष स्था पना गरेका हुन । कोष बाट प्राप्त हुने ब्याज रकम बाट    कक्षा ८, ९ ,१० र ११  र १२ का जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराइने  भेलामा उपस्थित मन्जुले घोषणा गरिन ।

५७ वार्षिक अबसरमा शिक्षक शिक्षिका  र छात्र छात्राहरुले  नृत्य तथा गायन प्रस्तुत गरेका थिए  । बिधालयका प्रअ सुभाष बिष्टले  बिद्यालयको गतिविधिको बारे जानकारी गराएका थिए । कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्