०४ आषाढ २०८१, सोमबार

मेयर बस्नेतले गरे असहाय भबनको शिलान्यास

कान्छो खवर । बुधबार, माघ १७, २०८०

गाईघाट १७ माघ ।

त्रियुगा नगरपालिका १२  स्थित त्रिबेणि टोलमा बन्न लागेको असहाय संरक्षण  भबनको आज बुधबार एक कार्यक्रम बीच शिलान्यास गरिएको छ। त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले  भबनको शिलान्यास गरेकाहुन ।

वृद्ध आश्रम , बाल आश्रम र असाहय संरक्षण भबनको नाम दिइएको उक्त भबनको शिलान्यास गर्दै मेयर बस्नेतले समाजमा उपेक्षित वृद्ध वृद्धा  बालबालिका र अपांगता र असहायको लागि भबन निर्माणले फाइदा पुग्ने बताए  ।उनले भबन निर्माण पछि आश्रममा बस्न आउनेको लागि नगरपालिकाले सम्पूर्ण व्यबस्था गरि दिने बताए  ।

सघन शहरी तथा भबन निर्माण आयोजना  सप्तरीको ६३ लाख १३ हजार ८४९ रुपैयाको लागतमा बन्न लागेको  उक्त एक तल्ले भबन आगामी २०८१ जेठ १५ गते भित्र निर्माण गरि सक्ने गरि  एन्जल निर्माण सेवा एन्ड सप्लायर धनुषाले जिम्मा पाएको  आयोजना कार्यलय सप्तरीले जनाएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्