०४ आषाढ २०८१, सोमबार

झोलुङ्गे पुलबाट हाम फालेर एक पुरुषले आत्महत्या गरे

कान्छो खवर । बुधबार, माघ १०, २०८०

गाईघाट  १० माघ ।

उदयपुरको रौतामाई गाउपालिका ५ रसुवाघाट स्थित सुनकोशी नदिमा रहेको झोलुङ्गे पुल माथि बाट हाम फालेर मंगलबार साझ एक पुरुषले आत्मा हत्या गरेका छ्न ।

साझ ५.३० बजे तिर एक पुरुष पुल माथि आएर सोझै तल कोसीमा हाम फालेको प्रत्यक्षदर्शि  रोज कुमार मगरले टेलिफोन मार्फत बताए । हाम फालेर आत्महत्या  गर्नेको पहिचान हुन सकेको  छैन । उनि को हुन भन्ने बारे केहि खुलेको छैन , शब नदिमा तैरिरहेको छ ।मगरले भने

घटना लगत्तै प्रहरी लाई खबर गरीएको उनले बताए । प्रहरी टोलि समेत घटनास्थल तर्फ गैसकेको जिल्ला प्रहरी  कार्यालय उदयपुरको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । खोटाङ र उदयपुर जोड्ने एक मात्र उक्त झोलुङ्गे पुल  बाट  दुबै तर्फका बासिन्दाहरु  आबत जाबत गर्दै आएका  छ्न

 

यहाँ कमेन्ट गर्नुहोस्