०७ साउन २०८१, सोमबार

जिल्ला अस्पताल उदयपुरमा आज बाट हेमोडाईलासिस सेवा सुरु

कान्छो खवर । शुक्रबार, माघ ०५, २०८०

मिर्गौला रोगी मगरको डाईलासिस गरिदै

गाईघाट ५ माघ ।

जिल्ला अस्पताल उदयपुरमा आज शुक्रबार  मिर्गौला रोगीहरुको लागि हेमोडाईलासिस सेवा सुरु भएको  छ।पौष ३ गते विशेष कार्यक्रमको आयोजना गरि सेवाको औपचारिक उद्घाटन गरिएको भए पनि डाईलासिस सेवा सुरु हुन सकेको थिएन ।

केन्द्रले संचालन अनुमति नदिदा ढिलाइ भएकोमा आज बाट भने डाईलासिस सेवा नियमित रूपमा हुने अस्पताल प्रशासनले जनाएको छ।

सेवा सुरु भएको पहिलो दिन उदयपुरको उदयपुरगढि गाउपालिका ४ डुम्रेका २९ बर्षिय दिल बहादुर मगरले सेवा लिएका थिए ।३ महिना अघि दुबै मिर्गौला खराब भएका उनको ४ घन्टा लगाएर डाईलासिस गरिएको  अस्पतालका मेसु डाक्टर ज्ञानेन्द्र झाले बताए ।  राजधानी , लगाएत विभिन्न सहर गएर उनले  झन्डै १२ लाख रुपैया डाईलासिस गर्दैमा खर्च गरेका थिए ।अस्पतालमा  डाईलासिस सेवा सुरु भएको  थाहा पाएर आएका उनले  अब भने  राहत पाएको  बताए । मैले  धेरै रकम खर्च गरे ,पैसाको अभावमा भएभरको जग्गा जमीन समेत बिक्रि गरेर  उपचारमा खर्च गरे  ।” उनले भने  ।आज सेवा  लिन पाएकोमा  निकै खुसी भएको  छु ।

जिल्ला अस्पतालमा एक पटकमा ४ जना मिर्गौला रोगीको लागि डाईलासिस गर्न मिल्ने गरि उपकरण जडान गरिएको मेसु झाले बताए । अहिले अस्पतालले सबै रोगीहरुको निसुल्क डाईलासिस गर्ने निर्णय गरिएको उनले बताए ।

संघीय सरकार स्वास्थ मन्त्रालयको ८५ लाख र स्थानिय तहको २१ लाख गरि  १ करोड ६ लाख रुपैया बाट उपकरण खरिद र भौतिक पुर्बधार निर्माण गरिएको मेसु डाक्टर झाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्