१९ फाल्गुण २०८०, शनिबार

लागूऔषध सहित १ पक्राउ

कान्छो खवर । बिहिबार, माघ ०४, २०८०

गाईघाट ४  माघ   ।

प्रहरीले लागूऔषध सहित बुधबार एक जनालाई पक्राउ गरेको छ।धनकुटा नगरपालिका ४ का बर्ष  २२का  रोसन श्रेष्ठलाई ५१ एम्पुल लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले  जनाएको  छ  ।

प्रहरीको गस्ती  टोलिले त्रियुगा नगरपालिका ८ चुहाडे बाट उनलाई पक्राउ गरेको हो ।उनको साथ बाट फेनारगन १७ एम्पुल , ब्रुफिनोफिल १७ र  प्रोमोथाइजिन १७  एमपुल लागूऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक  हरिनन्दन चौधरीले बताए ।  पक्राउ परेका श्रेष्ठलाई  जिल्ला अदालत उदयपुर बाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको  चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्