१९ फाल्गुण २०८०, शनिबार

सालनाल सहितको मृत शिशु फेला

कान्छो खवर । बिहिबार, माघ ०४, २०८०

सान्केतिक फोटाे

गाईघाट  ४ माघ

उदयपुरको कटारी नगरपालिसमा फोहोर फाल्ने डमपिङ साइटमा  मृत अबस्थामा  नबजात शिशु फेला परेको छ। नगरको सफाइ कर्मचारीले फोहोर उठाउने क्रममा वडा ३  राजाबास स्थित डम्पिङ साइटबाट सालनाल सहितको नबजात शिशु  बुधबार दिउसो फेला पारेको प्रहरीले जनाएको  छ।

फोहरको डङगुरमा प्लास्टिक  भित्र कपडाले बेरेर फालेको अबस्थामा भेटिएको  नबजात शिशुको शव  केहि दिन अघिको हुन सक्ने प्रहरीले  जनाएको  छ। उक्त शब कस्ले  फ्याकेको भन्ने बारे केहि खुलेको छैन ।

शब पोस्टमारटमको लागि  कटारी  अस्पतालमा राखिएको छ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको  छ।

 

यहाँ कमेन्ट गर्नुहोस्