३१ भाद्र २०८१, सोमबार

कोसी प्रदेश नामको विवाद बार्ता बाट हल हुन्छ : नेता सिटौला

कान्छो खवर । शुक्रबार, पुष २७, २०८०

नेता सिटौला मतदाता सङ अन्तर क्रिया गर्दै

गाईघाट २७ पौष ।
नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कोसी प्रदेशको नाम बार्ता द्वारा समाधान गरिने बताएकाछ्न । रास्ट्रिय सभा सदस्यमा गठबन्धन दल बाट उमेदवार बनेका सिटौलाले शुक्रबार गाईघाटमा आयोजित मतदाता सङ् अन्तर क्रिया कार्यक्रममा माओवादी जनयुद्ध लाई समेत बार्ताको माध्यम बाट शान्तिपुर्बक अवतरण गरिएकोले पहिचानको मुद्दा  लाई बार्ता बाट हल गरिने बताए ।

कोसी प्रदेश नामको समस्या अब बार्ता बाट छिटोभन्दा छिटो हल हुन्छ, हामीले जटिल भन्दा जटिल मुद्दा समेत बार्ता बाट हल गरिसकेका छौ ।उनले भने । कोसी प्रदेशको नाम परिवर्तनमा कुनै समस्या नभएको उनले बताए ।

उनले पहिचानको नाममा भैरहेको असन्तुष्टिलाई केन्द्र बाट तत्काल सम्बोधन गर्न जरुरी रहेको बताए । उनले प्रदेश लाई अधिकार नदिएको कारण संघियता कार्यान्वयनमा ढिलाइ भैरहेको बताए ।प्रदेश स्तरमा धेरै कानुन बन्न सकेको छैन , कानुन नबन्दा संघले लादेको कानुनले प्रदेशमा काम गर्न समस्या भएकोले प्रदेश सरकारले राम्रो डेलिबरि दिननसकेको उनको भनाइ थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्