०४ आषाढ २०८१, सोमबार

भरुवा बन्दुक सहित एक जना पक्राउ

कान्छो खवर । बुधबार, पुष २५, २०८०

गाईघाट २५ पौष ।
प्रहरीले भरुवा बन्दुक सहित एक जनालाइ पक्राउ गरेको छ।उदयपुरको चौदणडिगढि नगरपालिका १ कटरबोटे बाट भोजपुर आपचौक गाउपालिका १० का २० बर्शिय समिर राईलाई मङलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। रामपुर देखि बेलटार तर्फ आउदै गरेको को.१३ प४१५ नम्बरको मोटरसाइकलमा सवार राइलाई चेकजाचको क्रममा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

बन्दुक सहित उनको साथबाट १७ थान बाइरिङ केही पार्टपुर्जा समेत बरामद गरिएको उनले बताए ।उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरि अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।
तेसैगरि प्रहरीले लागूऔषध १ केजी ६५० ग्राम गाजा सहित एक जनालाई पक्राउ गरेको छ। बजार क्षेत्रमा गाजा बिक्रीवितरण भैरहेको सूचनाको आधारमा ५३ बर्शिय बल बहादुर कार्कीलाई हिजो साझ गाईघाट बसपार्क बाट प्रहरीले पक्राउ गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्