१९ फाल्गुण २०८०, शनिबार

अज्ञात रोगबाट एकै गोठका १८ माउबाख्रा मरे

कान्छो खवर । बुधबार, पुष १८, २०८०

खड्काको गोठमा मरेको बाख्रा

गाईघाट १८ पौष ।
अज्ञात रोग बाट कृषि फर्ममा पालेको १८ वटा माउबाख्रा मरेकाछ्न ।त्रियुगा नगरपालिका १० बोक्से स्थित आदर्श टोलमा रहेकोे हिमचुलि उधम केन्द्रमा पालेको १८ वटा माउबाख्रा एकै दिन मरेको फर्म सन्चालक प्रेम बहादुर खड्काले बताए ।

सोमबार राति देखि एकैपटक बाख्राहरु बिरामी देखिएकोमा मङलबार बिहान ९ वटा मरेको उनले बताए । तत्काल पशु कार्यालयमा खबर गरेर जानकारी गराएको तर पशु चिकित्सक ढिलो आएको कारण बढी क्षति भएको उनले बताए ।

चिकित्सक आएर उपचार गर्दा गर्दा गर्दै अरु ९ वटा गरि जम्मा १८ वटा बाख्रा मरेको उनले भने ।चिकित्सकले के रोग बाट पशु मरेको भन्ने बारे केहि पत्ता नलगाएको खड्काले बताए ।

अज्ञात रोगबाट बाख्रा मरेपछि खड्काको गोठ पुरै रितिएको छ। घटनाको जानकारि आए लगत्तै वडा अध्यक्ष किरण पाण्डे लगाएको टोलि खड्काको फर्ममा पुगेर क्षेतिको विवरण लिएर फर्किएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्