०२ फाल्गुण २०८१, शुक्रबार

दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधि गाईघाट लाई

बिजेता टिमलाई शिल्ड तथा पुरस्कार बितरण गर्दै मेयर बसन्त बस्नेत

कान्छो खवर । आइतबार, पुष १५, २०८०

फोटो : खेम

गाईघाट १५ पौष ।
दोस्रो त्रियुगा अन्तर माबि मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रियुगा नमूना माबि गाईघाटले जितेको छ। सनिवार सम्पन्न प्रतियोगितामा ३सय १५ अक ल्याएर गाईघाट प्रथम भएको हो। उपाधि संगै गाईघाटले १५ हजार नगद सहित शिल्ड ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । गाईघाट माबि गत बर्ष भएको प्रथम अन्तर माबि रनिङ शिल्ड प्रतियोगिताको बिजेता टिम समेत हो ।

“स्वास्थका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद ,खेलकुद हाम्रो सान , स्थानिय खेलाडी उत्पादनमा हाम्रो अभियान भन्ने नाराको साथ स्थानिय थरुहत रंगशालामा आयोजना भएको उक्त प्रतियोगितामा ५ वटा बिधाका खेलहरु समाबेश गरिएकोमा त्रियुगाले तेक्वान्दो बाहेकका सबै खेलहरु जितेको छ।

प्रतियोगितामा १ सय ८अक ल्याएर रामजानकी माबि दोस्रो र ८३ अङ्क ल्याउदै प्याराडाइज इङलिस बोर्डिङ इस्कूस तेस्रो भएको छ। दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद १० हजार र ७ हजार ५ सय सहित ट्रफि , प्रमाणपत्र प्राप्त गरेकाछ्न ।

पाँच दिन सम्म संचालित उक्त प्रतियोगितामा त्रियुगा नगर भित्रका ३१ वटा माध्यमिक बिद्यालयको सहभागी रहेको थियोे ।त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुने बिद्यालयलाई मेयर बसन्त बस्नेत र उप- मेयर महेश्वरी राईले पुरस्कार बितरण गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्