३१ भाद्र २०८१, सोमबार

बालकुमारी घटनाको मृतकको परिबार लाई १०/१० लाख दिने सरकारको निर्णय

ललितपुर प्रजिअ र प्रहरी प्रमुख गृह र प्रहरी हेड क्वाटर तानिय , दुई प्रहरी अधिकृत निलम्बन

कान्छो खवर । शनिबार, पुष १४, २०८०

गाईघाट १४ पौष ।
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका ब्यक्तिको परिबार लाई जनही १०/१० लाख रुपैया दिने निर्णय गरेको छ। आज सनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड , गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख सङ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

तेसैगरि बालकुमारी घटनामा सयमता नअपनाएको भन्दै सातदोबाटोका प्रहरी नायब उपरीक्षक उमेश जोशी ,मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवार लाई निलम्बन गर्ने निर्णय गरिएको छ। ललितपुर प्रहरीका एसएसपि सिद्धि बिक्रम शाह प्रहरी हेड क्वाटरमा र प्रमुख जिल्ला अधिकारी रुद्र पान्डे गृहमा तानिएका छ्न भने इपिएस शाखाका निर्देशक गुरु दत्त सुबेदिलाई सरुवा गर्ने निर्णय भएको गृहमन्त्री नारायणकाजि श्रेष्ठले बताए ।

इपिएस भाषा परिक्षाको विषयलाई लिएर शुक्रबार बालकुमारीमा प्रहरी सङको झडपमा गोलि लागेर २३ बर्शिय सुजन रावत र २२ बर्शिय बीरेन्द्र साहको मृत्यु भएको थियो ।आन्दोलित समुहले बालकुमारीमा भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको सरकारी गाडीमा आगजनी गरेका थिए । सरकारले उक्त घटनाको छानबिनको लागि प्रहरी नायब महानिरिक्षकको संयोजकत्तोमा समिति गठन गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्