०६ कार्तिक २०८३, बिहिबार

०६ कार्तिक २०८३, बिहिबार

अमेरिकामा सुन पसल सन्चालन गर्दै आएका एक नेपालीको हत्या , हत्याराको खोजी गर्दै अमेरिकी प्रहरी

कान्छो खवर । बिहिबार, कार्तिक ०६, २०८३

गाईघाट   ४   कार्तिक  ।

अमेरिकामा एक नेपाली सुनब्याबसायिको हत्या भएको छ । ओहायो राज्यस्थित फेयरफिल्डमा एभरेस्ट ज्वलर्स नामक सुन पसल सन्चालन गर्दै आएका नेपाली नागरिक तारा सिन्चुरीको गोलि हानी हत्या भएको हो ।

उनको पसलमा लुटपाट गर्ने समूहले बीस अक्टोबर अर्थात सोमबार दिउँसो हत्या गरेको प्राप्त समाचारमा उल्लेख छ । लुटपाटको क्रममा प्रतिबाद गर्ने क्रममा लुटेराले उनलाई गोलि हानेको बिबिसीले जनाएको छ ।

प्राप्त विवरण अनुसार अक्टोबर २० तारीखको दिउँसो १२ .५० बजेको समयमा स्थानिय ६६७९ डिक्सी हाइवेमा रहेकोे उक्त सुन पसलमा गोलि चलेको  जानकारी पाए पछी  प्रहरी उक्त पसलमा पुगेको थियोे ।

प्रहरीले पसल भित्र एक पुरुष मृत अबस्थामा फेला पारे पछी उक्त ब्यक्ति पसल सन्चालक रहेको अनुसन्धान बाट पत्ता लागेको समाचारमा उल्लेख गरिएको छ । अनुसन्धानको क्रममा मृतक सिन्चुरी रहेको खुल्न आएको हो । उनी सपरिवार अमेरिका बस्दै आएका थिए । नेपालको कुन ठाउ बाट आएको भन्ने बारे केहि खुलेको छैन

प्रहरीले अनुसन्धानको क्रममा पसल बाट सुन चादी र अन्य गरगहना लुटिएको उल्लेख गरेको छ तर लुटिएको परिणाम उल्लेख गरेको छैन ।

प्रहरीले लुटेकाको खोजी गरि रहेको र हत्या काण्डको बिस्तृत रूपमा अनुसन्धान गरिरहेको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्