कान्छो खवर । आइतबार, कार्तिक ०२, २०८३
गाईघाट १ कार्तिक ।
हायस गाडीको ठक्करबाट सनिवार राति शिक्षको मृत्यु भएको बिरोधमा स्थानियले आइतबार कटारी बुद्ध चोकमा राजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
शिक्षक परिबारलाई उचित क्षेतिपुर्ति उपलब्ध गराउनु पर्ने र ठक्कर दिने गाडीका चालकलाई कारबाहीको माग राख्दै स्थानियले बिहानैदेखि मदन भण्डारी राजमार्ग अन्तरगतको बुद्ध चौकमा आएर सडक अबरुद्ध गरेका हुन् ।
पुर्बबाट काठमाडौ जाँदै गरेको हायस गाडी र मोटरसाइकल सनिवार राति ९ बजेको समयमा कटारी नगरपालिका ५ भोर्लेमा एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक स्थानिय भुल्के स्कुलका शिक्षक सुमन श्रेष्ठको मृत्यु भएको हो ।
राती घर जाँदै गरेका शिक्षक सवार मोटरसाइकल र हायस गाडी एक आपसमा जुधेको स्थानिय शंकर राईले बताए । शिक्षक श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।